काठमाडौं,६, पुस
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ । "/>

अडानै अडानले वढायो देउवा र ओलीको सम्बन्धको दूरि

अडानै अडानले वढायो देउवा र ओलीको सम्बन्धको दूरि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ । एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरे लगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवा बीच गत ५ मंसिर यता एकपटक पनि संवाद भएको छैन ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए लगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचार समेत आरोप प्रत्यारोपमै बित्यो । देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नु पर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेता बीचको दूरी झन बढेको छ ।

सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्था अनुसार सत्ता हस्तान्तरण गर्ने तयारीमा छ । तर एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन् । प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटो अनुसार अघि बढेको बताउँदै आएको छ । स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघार देखि नै दूरीमा रहँदै आएका छन् ।
राजधानीबाट

Logo