काठमाडौं,६, पुस
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी शुुद्धीकरणका लागि बहस सुरु गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली युवा नेताहरू पार्टी शुद्धीकरण अभियानको बहसमा लागेका हुन् । "/>

पार्टी शुद्धीकरणमा कांग्रेस युवा नेता सक्रिय

पार्टी शुद्धीकरणमा कांग्रेस युवा नेता सक्रिय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी शुुद्धीकरणका लागि बहस सुरु गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली युवा नेताहरू पार्टी शुद्धीकरण अभियानको बहसमा लागेका हुन् । बुधबार काठमाडौंको बानेश्वरमा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, रामहरि खतिवडा लगायतले पार्टीलाई जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको भन्दै शुद्धीकरण आवश्यक रहेको बताए ।

नेता गगन थापाले आवश्यक परे पार्टीको कारबाही भोगेर पनि कांग्रेसलाई पुनर्जीवन दिन अभियानबाट पछि नहट्ने र पार्टी प्रति जनताको विश्वास कायम गराएरै छाड्ने बताए । उनले जुनसुकै त्याग वा कारबाही भोग्न आफूहरू तयार रहेको भन्दै पदीय जिम्मेवारी भन्दा पार्टीको पुननिर्माण ठूलो भएको बताए । नेता चन्द्र भण्डारीले पार्टी सुदृढीकरण पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले भने, ‘हामी सबैको एउटै मत छ । हामी पार्टीलाई पुनर्जीवन दिन्छौं ।’
राजधानीबाट

Logo