‘विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरु काँग्रेसलाई नैतिकताको पाठ सिकाउँदै छन्’ : नेता सिंह

‘विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरु काँग्रेसलाई नैतिकताको पाठ सिकाउँदै छन्’ : नेता सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ पुस ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पुर्याएर काँग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

“काँग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,” उनले भने ।

सत्ताका लागि काँग्रेसले लोभ गरेको होइन तर सरकारमै विनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरुले काँग्रेसलाई नैतिकताको पाठ सिकाएकामा नेता सिंहले आश्चर्य व्यक्त गरे । उनले भने, ‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन् ।’

कांग्रेस नेता सिंहले ‘संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको’ टिप्पणी समेत गरे । उनले भने, ‘विवाह नगरी बच्चा जन्मिन्छ भन्नुजस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन ।’

प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उनले बताए ।

Logo