काठमाडौँ, ५, पुस
वाम गठबन्धनका शीर्ष नेताले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता नछोड्ने मुडमा छन् । "/>

यसकारण सरकार छाड्न तयार छैनन् देउवा

यसकारण सरकार छाड्न तयार छैनन् देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५, पुस
वाम गठबन्धनका शीर्ष नेताले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता नछोड्ने मुडमा छन् । मंगलबार सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री सत्ता हस्तान्तरणको वैधानिक उपायको खोजीमा रहेको बताएका छन् । ‘लोकतान्त्रिक पद्धतिमा सत्ता हस्तान्तरण शालिन र सभ्य–सुकर्म हो। हामीलाई थाहा छ, सत्ता र सरकार कहिल्यै कसैको पनि चिरस्थायी हुँदैन’, बस्नेतले भने, ‘सरकार कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहँदैन । हामी सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेका छौँ।’

वैधानिक बाटोको नाममा प्रधानमन्त्री देउवा सत्ताबाट बाहिरिनु अघि राष्ट्रिय सभाको भागबण्डा मिलाउने दाउमा अग्रसर भएको कुरालाई प्रवक्ताको भनार्इले पुष्टि गरेको छ । एमाले र माओवादीका शीर्ष नेताहरुले देउवाको राजीनामाको माग गर्दै चर्को दबाब दिएपछि सरकारले समसामयिक राजनीतिक जटिलता बारे मंगलबार पत्रकार सम्मेलन गरेरै धारणा सार्वजनिक गरेको हो। ‘लोकतन्त्रमा बहुमतले शासन पद्धतिलाई सञ्चालन गर्दछ’, सञ्चारमन्त्री बस्नेतले प्रश्न गर्दै भने, ‘शासन पद्धतिमा महत्वपूर्ण अंगको रुपमा रहेको व्यवस्थापिका संसदको उपल्लो सदन राष्ट्रिय सभाको निर्वाचन किन हुन सकेको छैन ?’
अन्नपूर्णबाट

Logo