यी हुन ७ प्रदेशका मुख्यमन्त्रीका दावेदारहरू

यी हुन ७ प्रदेशका मुख्यमन्त्रीका दावेदारहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं, ४ पुस ।

प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचन सकिएसँगै मुख्यमन्त्री काे बन्ने विषयमा चर्चा चल्न थालेकाे छ । नेताहरू अाफू मुख्यमन्त्रीकाे दावेदार भएकाे र चुनावमा जीते सम्बन्धित प्रदेशकाे विकास गर्ने नारासहित चुनावमा हाेमिएका थिए । चुनाव सकिएसँगै काे मुख्यमन्त्री बन्ने भन्ने विषयमा बसह सुरू भएकाे छ ।

काे हाेलान् त मुख्यामन्त्री

 

प्रदेश १

यस प्रदेशबाट वाम गठबन्धनबाट एमालेले मुख्यमन्त्री पाउने सहमति भएकाे छ । पार्टीको तर्फबाट निर्वाचन अगावै योगशे भट्टराई मुख्य मन्त्री हुने चर्चा भएता पनि विवाद हुने र आकाँक्षी धेरै देखिए पछि एमाले सचिव योगेश भट्टराई प्रदेसभा छोडेर प्रतिनिधिसभामा ताप्लेजुङवाट उम्मेदवार बने । भट्टराईलाई रोक्न पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव भीम आचार्य र पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई लागेका थिए ।

एमालेको आन्तरिम समीकरण र पछिल्ला राजनीतिक घटनाक्रमले आचार्यभन्दा राई मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन् । दुवै जना नेताहरु आआफ्नो लविङमा लागि परेका बेला दोस्रो तहका राजेन्द्र राई र हिकमत कार्कीले पनि मुख्यमन्त्रीको दौडमा रहेको बताएका छन् ।

 

प्रदेश २

प्रदेश २ मा राजपा फोरम गठबन्धनले अन्य दलको सहयोगमा सरकार बनाउन सक्छन् । यसाे त राजपालार्इ गठबन्धनकै दलको सहायता आवश्यक पर्छ । गठबन्धनबाट अहिलेसम्म फोरमका विजय यादव र लालबाबु राउतको नाम मुख्यमन्त्रीमा चर्चा छ । यसैगरी राजपाबाट मनिष सुमनको नाम
पनि मुख्यमन्त्रीमा अगाडि सारिएको छ ।

 

प्रदेश ३

यस प्रदेशको मुख्यमन्त्रीमा एमालेबाट मात्रै ६ जनाको दाबी रहेकाे छ । एमाले उपाध्यउक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल, सानु श्रेष्ठदेखि काठमाडाैं महानगरालिकाका पूर्व मेयर केशव स्थापितसम्मले मुख्यमन्त्री दाबी गरेका छन् ।

तर, पार्टीभित्र सिनियर असल छविसमेत भएकी महिला नेतृ शाक्यको सम्भावना बलियो रहेको छ । यो प्रदेशमा अन्य कुनै पार्टीको सहयाेग बिना नै एमालले एकल सरकार बनाउन सक्ने अवस्था रहेको छ ।

 

प्रदेश ४

कुनै पनि पार्टीकाे स्पष्ट बहुमत नभएकाले प्रदेश ४ मा एमाले र माओवादी केन्द्र दुवैको मुख्यमन्त्रीमा दाबी रहेकाे छ । एमालेबाट पार्टी सचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले मुख्यमन्त्रीमा दाबी गरेका छन् । किरण एमाले प्रदेश नम्बर ४ का इञ्चार्ज पनि हुन् । यो प्रदेशसमा माओवादी केन्द्रबाट पनि मुख्यमन्त्रीको दाबी रहेको छ । माओवादीबाट कास्कीका सह–इञ्चार्ज रहेका दीपक कोइरालाले मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

 

प्रदेश ५

यस प्रदेशमा वाम गठबन्धनबाट मुख्यमन्त्रीमा पहिलो दावेदार शंकर पोखरेल हुन् । कृष्णबहादुर महरासँग टिकटमा विवाद भएपछि दाङ २ को प्रदेश सभाबाट चुनाव लडेका पोखरेलले निर्वाचनका समयमा पनि आफू मुख्यमन्त्री हुनकै लागि प्रदेश सभामा निर्वाचनमा लडेको दाबी गर्दै आएका छन् । एमाले नेता पोखरेल प्रदेश ५ का करिब निर्विकल्प मुख्यमन्त्रीका उम्मेदवार रहेको एमाले स्रोतले जनाएको छ ।

 

प्रदेश ६

यस प्रदेशमा मुख्यमन्त्री माओवादीले पाउने गठबन्धनको आन्तरिक सहमति छ । जहाँ माओवादीका तर्फबाट कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारी मुख्य आकांक्षी बनेका छन् । सल्यानमा प्रतिनिधि सभामा टिकट दाबी गरेका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र प्रदेश नं. ६ का सह संयोजक यामलाल कँडेलले पनि मुख्यमन्त्रीको दाबी यथावत राखेका छन् ।

कांग्रेसबाट प्रदेश ६ को मुख्यमन्त्रीको दाबीसहित पूर्वमन्त्री जीवन बहादुर शाही चुनावी मैदानमा थिए । तर, प्रदेश ६ मा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचनमा शाही एक मात्र निर्वा्चित जनप्रतिनिधि बनेका छन् । अंकगणितले शाहीलाई मुख्यमन्त्रीको आकांक्षामा साथ दिएन।

 

प्रदेश ७

प्रदेश ७ मा मुख्यमन्त्रीको चर्चा धेरैको छ । बाजुराबाट संविधानसभा सदस्य भइसकेका कर्णबहादुर थापा मुख्यमन्त्रीको पहिलो नम्बरमा भए पनि उनी समानुपातिक तर्फबाट उम्मेदवार रहेका छन् । अहिले उनी समानुपातिकबाट चुनिने हुन कि होइन भन्ने चर्चा सुरु भएको छ । उनको विकल्पमा कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष तारा लामा तामाङ, कैलालीका पार्टी अध्यक्षसमेत रहेका दीर्घ सोडारी र बाजुराका प्रकाश शाह समेतको चर्चा रहेको छ । माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा कैलाली ३ को प्रदेशसभामा निर्वाचित बिरमान चौधरीको चर्चा रहेको छ ।

 

Logo