प्रमुख आयुक्त भन्छन्– नेपालको निर्वाचन विश्वकै नमूना

प्रमुख आयुक्त भन्छन्– नेपालको निर्वाचन विश्वकै नमूना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ओखलढुंगा, ४ पुस ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा दुई चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विश्वकै नमूना भएको जिकिर गरेका छन् ।

निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा आएका सदरमुकाममा मंगलबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले दुवै निर्वाचन एक साथ सफलतापूर्वक सम्पन्न हुनु विश्वमै नमूना निर्वाचन भएको दावी गरे । उनले भने, ‘एकै पटक दुई निर्वाचन संसारमा कतै भएका छैनन्, यस कारण यो निर्वाचन संसारकै नमूना हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षहरुलाई धन्यवाद दिए ।

निर्वचनका दौरान देशका केही स्थानमा छिटपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सकिएको यादवले उल्लेख गरे ।

निर्वाचित जनप्रतिनिधिहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै जनताप्रति इमान्दार बन्न सुझाव पनि दिए ।

प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा आएका हुन् ।

Logo