काठमाडौं,४,पुस
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । "/>

मलाई प्रधानमन्त्रीको अफर आयो तर अस्विकार गरें -प्रचण्ड

मलाई प्रधानमन्त्रीको अफर आयो तर अस्विकार गरें -प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको बताए । चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेस केन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्ष सम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिएका छन् । तर देउवाको त्यस्तो प्रस्तावलाई आफूले ठाडै अस्वीकार गरेर ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन सुझाव दिएको दाहालले बैठकमा खुलासा गरेका थिए ।

दाहालको भनार्इको पुष्टि माओवादी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनार्इ उद्धृत गर्दै नेता सापकोटाले सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नु भएको थियो, मानिनँ । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’

प्रधानमन्त्री देउवा र दाहाल बीच शनिबार भेट भएको थियो । देउवाको त्यस्तो प्रस्तावमा आफूले अब यताउता नगरी ५ वर्ष प्रतिपक्षमा बस्ने मानसिकतातिर लाग्न प्रस्टै भनिदिएको दाहालले बैठकमा सुनाएका थिए । उनले निर्वाचन परिणामपछि कांग्रेसले आफ्नो पोजिसनको खोजीमा लागेकाले सरकार गठनमा केही समय विलम्ब हुने संकेत पनि बैठकमा गरे ।
अन्नपूर्णबाट

Logo