काठमाडौं,४,पुस
सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढीमा ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । "/>

समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद, अरु सबै महिला

समानुपातिकमा एमालेबाट तीन मात्रै पुरुष सांसद, अरु सबै महिला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,पुस
सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट समानुपातिकबाट बढीमा ३ जना मात्रै पुरुष सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ८० सिट जितेको एमालेबाट दुई जना मात्रै महिलाले जितेका छन् । समानुपातिक तर्फ एमाले ४१ पाउने अवस्था छ । कम्तिमा ३३ प्रतिशत महिलालाई अनिवार्य प्रतिनिधि सभामा पठाउनु पर्ने संसदीय व्यवस्था अनुसार एमालेबाट समानुपातिकबाट सांसद बन्न पाउने पुरुषको संख्या थोरै हुने भएको हो । एमालेले जितेका जम्मा १२१ सिटको ३३ प्रतिशत ४० हुन आउँछ । प्रतिनिधि सभामा एमालेले अनिवार्य ४० जना महिला सांसद बनाउनु पर्छ । २ जनाले प्रत्यक्षमा जितेकाले ३८ जना महिला समानुपातिकबाट सांसद बन्ने छन् ।

यता दोस्रो ठुलो दल बनेको नेपाली कांग्रेसले २१ जना महिलालाई प्रतिनिधि सभामा पठाउनु पर्छ । कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्रै जितेको छ । तर समानुपातिक मत धेरै आएकाले त्यसका आधारमा ४० सिट पाउने सम्भावना छ । कुल ६३ जना प्रतिनिधि सभा सदस्य मध्ये १९ पुरुषलाई कांग्रेसले समानुपातिकबाट पठाउने सक्नेछ । कांग्रेसबाट एकजना महिलाले पनि प्रत्यक्षबाट जित्न सकेनन् । भने तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट कम्तिमा १७ जना महिला सांसद चुनिने भएका छन् । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट गरी ५३ सिट जितेको माओवादीबाट प्रत्यक्षमा ३ जना महिला निर्वाचित भएका छन् ।
अन्नपूर्णबाट

Logo