सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादी केन्द्रको जोड

सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादी केन्द्रको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ पुस ।

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनभन्दा पहिलेनै नेकपा (एमाले)सँग पार्टी एकता हुनु पर्नेमा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले सरकार गठन भन्दा पार्टी एकताको प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर अगाडी बढने निष्कर्ष निकालेको हो ।

चुनावमा जानु अघि पार्टी एकता गर्ने गरी एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनावमा होमिएका कारण पार्टी एकता प्रमुख प्राथमिकता राखेर छलफल भएको बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, सरकार र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएको पनि प्रवक्ता भुसालले जानकारी दिइन्।

Logo