सप्तरी,३, पुस
निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी तुल्याएको दाबी गरे पनि सप्तरीमा समानुपातिकतर्फको परिणाम हेर्दा अत्यधिक मत बदर भएकाले निर्वाचन आयोगको दाबी गलत भएको देखिएको छ । "/>

एउटै जिल्लामा १ लाख बढी मत बदर

एउटै जिल्लामा १ लाख बढी मत बदर

केन्द्रबिन्दु
0
Shares

सप्तरी,३, पुस
निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी तुल्याएको दाबी गरे पनि सप्तरीमा समानुपातिकतर्फको परिणाम हेर्दा अत्यधिक मत बदर भएकाले निर्वाचन आयोगको दाबी गलत भएको देखिएको छ ।

सप्तरीमा समानुपातिक तर्फ प्रतिनिधि र प्रदेशसभा गरी १ लाख भन्दा बढी मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्लामा समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि २ लाख ३६ हजार ८ सय मत खसेकामा ५० हजार २ सय २३ मत बदर भएको छ । प्रतिनिधिसभाका लागि खसेको कुल मत मध्ये १ लाख ८६ हजार ५७६ मत मात्र सदर भयो । यस्तै प्रदेशसभाको समानुपातिकतर्फ २ लाख ३६ हजार ८ सय मत खसेकोमा ६४ हजार ८ सय ६० मत बदर भएको छ ।

प्रदेशसभातर्फ खसेको कुल मत मध्ये १ लाख ७१ हजार ९४० मत मात्र सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा बढी बदर मत क्षेत्र–४ मा देखिएको छ । सो क्षेत्रमा ६० हजार ७८० मत खसेकोमा १६ हजार २९६ मत बदर भएको छ । यस्तै प्रदेशसभातर्फ सबैभन्दा बढी प्रदेशसभा निर्वाचन क्षेत्र–१ को (१) र (२) मा देखिएको छ । जहाँ कुल ६३ हजार ८ सय ८४ मत खसेकोमा १७ हजार ३५० मत बदर भएको छ ।

‘एउटै मत पत्रमा कतै छाता र मसाल त कतै रुख र छातामा छाप लगाइएको पनि पाइयो,’ एक कर्मचारीले भने । त्यति मात्र नभई कतिपय मतपत्रमा स्वस्तिक छापको सट्टा ल्याप्चे लगाइएको र कतिमा छापविहीन पनि फेला परेको गणनामा खटिएका कर्मचारीले बताएका छन् ।
राजधानीबाट

Logo