काठमाडौं,३, पुस
एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। "/>

अब कुन प्रदेशमा कसको सरकार ?

अब कुन प्रदेशमा कसको सरकार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस
एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमालेले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ। प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ। त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ। प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ। ५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ।

प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाले झिनो बहुमत प्राप्त गर्ने देखिन्छ। फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९,९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ  । प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ। प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ।
अन्नपूर्णबाट

Logo