देउवालाई ओलीको दनक: ‘अव उप्रान्त हारेकाले सरकार चलाउने घोषणा गर्नुहोस्’

देउवालाई ओलीको दनक: ‘अव उप्रान्त हारेकाले सरकार चलाउने घोषणा गर्नुहोस्’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, १ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कानुन अनुसार सत्ता संचालन गर्न सुझाब दिएका छन् । 

भक्तपुरको वालकोटस्थित निवासमा पुगेको रिपोटर्स क्लव नेपालको प्रतिनिधि मण्डलसँग प्रतिक्रिया दिंदै ओलीले निर्वाचन परिणाम आउञ्जेल कानुन बनाउन पर्खिने र निर्वाचन परिणाम आएपछि अनुकुल हुनेगरी अध्यादेश जारी गर्न लगाउँने काँग्रेसको नियत खराब भएको बताएका छन् । हारेपछि पनि सत्तामा बसिरहने अभ्यास त्याग्नुपर्ने भन्दै अध्यक्ष ओलीले लोकतन्त्रको खिल्ली नउडाउन कांग्रेसलाई आग्रह गरेका हुन् । 

‘राष्ट्रियसभा गठन विधि सम्बन्धी कानुन बनाउन समय छउन्जेल नदिने, निर्वाचन परिणाम आउन्जेल पर्खिने र परिणाम आइसकेपछि अनुकुल हुनेगरी पठाइएको अध्यादेश राष्ट्रपतिले जारी गरिदिनै पर्ने’ ओलीले भने । ‘अव कांग्रेसले खुला रुपमै घोषणा गरोस् वामपन्थीहरुले जितेकाले अव उप्रान्त हारेकाले सरकार सञ्चालन गर्ने ब्यवस्था गरिनेछ ।’  ओलीले भने  ।

बहुमतीय निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभा चयन गर्ने संबैधानिक व्यवस्था बिपरित सरकारले स्थानीय तहको निर्वाचन परिणाम आएपछि मात्रै एकल संक्रमणीय मतको आधारमा राष्ट्रियसभा निर्वाचन गर्ने अध्यादेश राष्ट्रपति समक्ष पेश गरेका हुन् ।

Logo