प्रदेश नं ३ को राजधानी हेटौडा- सांसद बानियाँ

प्रदेश नं ३ को राजधानी हेटौडा- सांसद बानियाँ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुस । नेपाली काँग्रेस मकवानपुरका अध्यक्ष एवं नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी घोषणा गर्दा उपयुक्त हुने बताउनुभएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा उनले जनताको चाहना र पूर्वाधारका आधारमा हेटाँैडालाई राजधानी घोषणा गर्न माग गरे । त्यहाँ क्षेत्रीय वन कार्यालय, सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने भएकाले आफूले यो विचार अघि सारेको उहाँले उल्लेख गरे । 

हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री देउवासँग पनि कुरा गरिसकेकाले उपर्युक्त निर्णय हुने उन विश्वास थियो । नेता बानियाँले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि सबै दलसँग छलफल भइरहेको जानकारी दिए । रासस

Logo