राजेश हमाल र केपी ओलीको ‘कनेक्सन’, राजनीतिमा आउन सुझाव

राजेश हमाल र केपी ओलीको ‘कनेक्सन’, राजनीतिमा आउन सुझाव

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनेता राजेश हमालले भेटेर बधाई तथा शुभकामना दिएका छन् । 

वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसको नेतृत्वकर्ता भएको भन्दै हमालले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमा पुगेर बधाई दिएका हुन्। भेटमा हमालले अध्यक्ष ओलीको  राष्ट्रियताको अडानले आमनेपाली उत्साहित भएको बताए।

भेटमा अध्यक्ष ओलीले घुमाउरो शैलीमा हमाललाई राजनीतिमा आउन सुझाव दिए । ‘हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई  देश बनाउनका लागि भूमिका निर्बाह गर्नु पर्यो ।’ ओलीले भने । साथै ओलीले जनताले गरेको बिश्वासलाई निर्बाह गर्ने र कोही पछुटाउन नपर्ने बताए ।

Logo