७५ जिल्लाको मतगणना सम्पन्न, कसको कति ? (हेर्नुहोस् सूचि)

७५ जिल्लाको मतगणना सम्पन्न, कसको कति ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्वाददाता ।

काठमाडौँ, १ पुष । २०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७५ जिल्लाको मतगणना कार्य सकिएको छ । अब २ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं.  ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ रहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार, नेकपा एमालेले ३१ लाख ३३ हजार २०३ मत, नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन् । 

देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।

Logo