काठमाडौं,१,पुस
यस पटकको निर्वाचनमा विभिन्न दलका केहि चर्चित नेताहरु १ हजार भन्दा थोरैको मतान्तरमा पराजित भएका छन् । "/>

चर्चित नेता जसले १ हजार कम मतान्तरले चुनाव हारे

चर्चित नेता जसले १ हजार कम मतान्तरले चुनाव हारे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
यस पटकको निर्वाचनमा विभिन्न दलका केहि चर्चित नेताहरु १ हजार भन्दा थोरैको मतान्तरमा पराजित भएका छन् । जस मध्ये एमाले उपाध्यक्ष वामदेव गौतम लगायतका छन् । को को परे त त्यस्ता अभागी नेताहरु :

एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए । त्यस्तै मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भए । मोरङमा शेखरले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत ल्याए । यता काठमाडौं ८ मा कांग्रेस नेता नवीन्द्रराज जोशी ४४४ मतले एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । ०७० मा यही क्षेत्रबाट जितेका जोशीले १२ हजार ९५३ मत ल्याउँदा श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दै जित दर्ता गरे ।

उता निर्वाचनको मुखैमा कांग्रेस फर्किएका विजयकुमार गच्छदारले रोचक जित हात पारे । सुनसरी ३ मा गच्छदारले एमाले उम्मेदवार भगवती चौधरी विरुद्ध ३२१ मतको रोचक जित हात पारेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् भने कञ्चनपुर ४ बाट कांग्रेस उम्मेदवार रमेश लेखक २५८ मतले पराजित हुन पुगे । मतगणना अवधिभर नै एमालेका दीपकप्रकाश भट्टसँग थोरै मतको घटबड भइरहँदा अन्ततः लेखक २५८ मतले पछि परेका हुन् । भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार १०६ मत मात्र प्राप्त गरे । उदयपुर १ को प्रतिनिधिसभामा कांग्रेस नेता डा. नारायण खड्का ५४८ मतले विजयी बने । उनले ३३ हजार १४२ मत र एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याइन् । चौधरीले ०७० को संविधानसभा निर्वाचनमा २३ मतले पराजय बेहोरेकी थिइन् ।
नयाँपत्रिकाबाट

Logo