रेशम चौधरीको मुद्दा सर्वोच्चद्वारा दरपीठ

रेशम चौधरीको मुद्दा सर्वोच्चद्वारा दरपीठ

केन्द्रबिन्दु
0
Shares

एस.के.बैश्य । काठमाडौं, २९ मंसिर ।

प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र निर्वाचन कार्यालयबाट आफ्ना वारेसमार्फत लिन पाउनेसम्बन्धमा रेशम चौधरीले दायर गरेको मुद्दा सर्वोच्च अदालतले शुक्रबार दरपीठ गरीदिएको छ ।

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रेशम चौैधरीले विजयी सभासदको प्रमाणपत्र पाउनका लागि वारेसमार्फत गत बुधबार सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए । चौधरीको तर्फबाट वारेसनामामार्फत कपिलवस्तुका सुनील कुमार चौहानले उक्त मुद्दा दर्ता गराएका थिए ।

चौधरीले प्रमाणपत्र पाउनका लागि निर्वाचन आयोगविरुद्ध मुद्दा दर्ता गराएका थिए । चौधरीले प्रतिनिधि सभामा विजयी भएकोे प्रमाणपत्र लिनका लागि वारेसनामामार्फत रन्जिता चौधरीलाई पठाएका थिए तर निर्र्वाचन कार्यालय कैलालीले वारेसनामाको आधारमा प्रमाण पत्र दिन नमिल्ने भन्दै रन्जितालाई फिर्ता पठाएको थियो ।

निर्वाचन प्रणालीबमोेजिम निर्वाचनको दफा १५० बमोजिम निर्वाचन परिणाम घोषणा गरी सकेपछि निर्वाचित उम्मेदवारलाई अनुसूची ८२ बमोजिम प्रमाण पत्र दिनुपर्ने व्यवस्था रहेकोे तर निर्र्वाचन कार्यालय कैलालीले नदिएकोले ‘संंविधान प्रदत्त मौलिक अधिकारकोे हनन भएको’ उल्लेख गर्दै वारेसमार्फत चौधरीले उक्त मुुद्दा दर्ता गरेका हुन् ।

वि.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोेलनरत थरुहटका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । ‘सो घटनाको विषयलाई लिएर ममाथि अभियोग लगाइएको छ, त्यसमा मेरो कुनै संलग्नता नरहेको’ कुुरा समेत दर्ता गरिएको मुद्दामा उल्लेख गरिएको छ ।

आज शुक्रबार उक्त मुद्दा हेर्दै सर्वोच्चले दरपीठ गरेकोे छ । ‘उक्त घटनाको अभियोग लागेकोे देखिन्छ, मुुलकी ऐन अ.वं. ९४ नंं. मा कर्तब्य ज्यान लगायतको विभिन्न मुद्दा देखिएकोले यस्ता प्रकृतिका मुद्दा मुलुकी ऐेन अ.बं. ११८ नं. बमोेजिम थुनामा राखी पुर्पक्षा गर्नुपर्ने वा नपर्ने वा जमानत लाग्ने नलाग्ने भन्ने आदेश हुुनुपर्नेमा निवेदक स्वयं आफू सो बमोजिमको प्रक्रियामा समावेश नभएकोे भनी उल्लेख गरेकोले यस्तो स्थितिमा अ.वं. ६५ (१) नं. बमोजिम वारेस समेत लाग्न नसकिने देखिएकोले कारवाही प्रक्रिया आगाडि बढाउन नमिल्न’े भन्दै सर्वोेच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीबाट भएको आदेशबाट दरपीठ गरिएको हो ।

रेशम चौधरीनिकट व्यक्तिहरूका अनुसार अब रेशमले उक्त दरपीठविरुद्ध नै मुद्दा दायर गर्ने तयारी गरिरहेका छन् ।

 

 

Logo