काठमाडौँ, २९ मङ्सिर । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । "/>

मतगणना अन्तिम चरणमा: बिबेकशील उफ्रिदै, नयाँ शक्ति र राप्रपा घिस्रीदै

मतगणना अन्तिम चरणमा: बिबेकशील उफ्रिदै, नयाँ शक्ति र राप्रपा घिस्रीदै

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, २९ मङ्सिर । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो दुई घण्टामा प्राप्त मतसंख्याको तुलना गर्दा सबै भन्दा बढी भोट नेकपा एमालेले ल्याएको छ । एमालेले करिब २० हजार मत ल्याउदा नेपाली काँग्रेसले तुलनात्मक रुपमा कम अर्थात करिब १८ हजार भोट ल्याएको छ । तेश्रो स्थानमा रहेको नेकपा माओबादीले भने करिब ८ हजार मत पाएका छन् । त्यस्तै संघीय समाजबादी फोरमले करिब ४ हजार र राजपाले करिब १३ हजार भोट ल्याएका छन् ।

सर्वाधिक चासोका रुपमा हेरिएको बिबेकशील साझा पार्टीले यस अवधिमा करिब १५ सय भोट पाएको छ । तर राप्रपा र नया शक्ति नेपालले भने करिब ५ सय भोट मात्र पाएका छन् । 

अहिले सुनसरी निर्वाचन क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ । संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ। देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान आयोगले जनाएको छ । समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्। 

कसको कति ?

नेकपा एमाले: ३०,३०,५८१

नेपाली काँग्रेस :२९,५५,७२३

नेकपा माओवादी: १२,१७,०६७

संघीय समाजबादी फोरम: ४,३०,२३८

राजपा: ४१३७६८

बिबेकशील साझा: २,०२,१३६

राप्रपा: १,९०,३३१

राप्रपा प्रजातान्त्रिक: ८५,६०१

नया शक्ति : ७८,७३०

Logo