एमालेको भन्दा काँग्रेसको भोट ४ हजार बढी

एमालेको भन्दा काँग्रेसको भोट ४ हजार बढी

केन्द्रबिन्दु
0
Shares

गाईघाट, २९ मंसिर । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा (माओवादी केन्द्र) ले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८८६ मत बदर भएको सो कार्यालयले जनाएको छ । रासस

Logo