प्रदेश ३ मा एमालेको एकल बहुमत: प्रत्यक्षमा ४२, समानुपातिकमा १७

प्रदेश ३ मा एमालेको एकल बहुमत: प्रत्यक्षमा ४२, समानुपातिकमा १७

केन्द्रबिन्दु
0
Shares

काठमाडौ । प्रदेश ३ मा नेकपा एमालेको एक्लै बहुमत हात पारेको छ । वाम गठबन्धनको समेत मत जोड्दा दुई तिहाई पगेको छ । प्रत्यक्षतर्फ ३३० सिट रहेको प्रदेशसभामा एमाले एक्लै १६८ सिट प्राप्त गरेको छ । ३ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ एमालेले ४२ सिटमा विजयी हासिल गरेको छ भने समानुपातीक तर्फ एमालले १७ सिट पाउने भएको छ ।

त्यस्तै कांग्रेसले १४, माओवादी केन्द्र ८, विवेकशील साझाले ३, राप्रपा प्रजातान्त्रिकले १, राप्रपाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट पाउने भएका छन । प्रदेश ३ मा प्रत्यक्षतर्फ एमालेले ४२, कांग्रेसले ७ र माओवादीले १५ तथा नेमकिपा र नयााँ शक्तिले १/१ सिट जितेका छन । समानुपातीक तर्फ एमालेले ६ लाख ६५ हजार २ सय ४९, कांग्रेस ५ लाख ४९ हजार ५ सय ०४, माओवादीले ३ लाख १२ हजार ९७, विवेकशील साझाले १ लाख १७ हजार १३९, राप्रपाले ५८ हजार १६३ र अन्य दलले १ लाख ५० हजार ९१४ मत पाएको निर्वाचन आयोले जनाएको छ ।

Logo