प्रत्यक्षमा जितेर पनि राष्ट्रिय पार्टी बन्न ‘बन्चित’ ४ दल

प्रत्यक्षमा जितेर पनि राष्ट्रिय पार्टी बन्न ‘बन्चित’ ४ दल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणाम र गणना हुन् बाँकी मतपरिणामलाई आधार मान्दा ५ वटा पार्टी मात्रै राष्ट्रिय पार्टीका रुपमा स्थापित हुने देखिएका छन् । 

संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। तर नेकपा एमाले, नेपाली काँग्रेस, माओबादी, राजपा र समाजबादी फोरमबाहेकका दलहरुले ३ प्रतिशत मत प्राप्त गर्ने सम्भावना एकदम कम देखिएको छ । 

पत्यक्षमा एक/एक सिट जितेका नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्नबाट बन्चित हुने देखिएका छन् । प्रत्यक्षतर्फ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भक्तपुर–१,नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई गोरखा–२, राष्ट्रिय जनमोचार्की दुर्गा पौडेल प्युठान–१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन झापा–३ बाट विजयी भएका थिए ।

अहिलेसम्म राप्रपाले १,८९,८०९ मत, नया शक्तिले ७८,१४६ मत, नेपाल मजदुर किसान पार्टी ५२,९१९ मत प्राप्त गरेका छन् । देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको निर्बाचन आयोगले जनाएको छ ।

बिबेकशील साझा प्रदेशमा सिमित 

‘यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व’ भन्ने नारासहित चुनाबमा होमिएको बिबेकशील साझा पार्टी यो पटक प्रदेशमा सिमित भएको छ । प्रतिनिधि सभामा एक सिट पनि जित्न नसकेकाले बिबेकशील साझा प्रदेश सभामा सिमित हुन् लागेको हो । बिबेकशील साझाले अहिलेसम्म २ लाख ६६७ समानुपातिक मत प्राप्त गरेको छ ।

Logo