समानुपातिकको मतगणना: एमाले र काँगेसबीच ७३ हजारको ग्याप, बिबेकशीलको २ लाख नाघ्यो (हेर्नुहोस सूचि)

समानुपातिकको मतगणना: एमाले र काँगेसबीच ७३ हजारको ग्याप, बिबेकशीलको २ लाख नाघ्यो (हेर्नुहोस सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, २९ मङ्सिर । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना आज सकिने निर्बाचन आयोगले जनाएको छ । अहिलेसम्म ७३ जिल्लाको मतगणना कार्य सकिएको छ । बाँकी ४ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । 

मतगणना जारी रहेका जिल्लामा सुनसरी निर्वाचन क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ ।

जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ । संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ। देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेकोमा अहिलेसम्म ८६ लाख ८३ हजार ३४६ मत गणना भएको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ। राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन्। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रसहित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने देखिन्छ ।

कसको कति ?

नेकपा एमाले: ३०,१०,८९६

नेपाली काँग्रेस : २९,३७,९२२ 

नेकपा माओवादी: १२,०९,८०१ 

संघीय समाजबादी फोरम: ४,२६,०१५

राजपा: ३,९९,५८२

बिबेकशील साझा: २००६६७

राप्रपा: १८९८०९

राप्रपा प्रजातान्त्रिक: ८४,०६४

नया शक्ति : ७८,१४६

Logo