भक्तपुरमा समानुपातिकतर्फ एमाले, कपिलवस्तुमा कांग्रेस पहिलो

भक्तपुरमा समानुपातिकतर्फ एमाले, कपिलवस्तुमा कांग्रेस पहिलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ मंसिर ।

भक्तपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ ।

एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिएका छन् ।

भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् ।

कपिलवस्तुमा समानुपातिकमा कांग्रेस 

यसैगरी कपिलवस्तुमा समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा खसेका कुल मतमध्ये कांग्रेसले नेकपा ९एमाले० भन्दा २९८ मत बढी प्राप्त गरेको छ । समानुपातिकतर्फ जिल्लामा दुई लाख ३० हजार ९२ मत खसेकामा २९ हजार ८९५ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसले ६१ हजार २९२, एमालेले ६० हजार ९९४, राजपा नेपालले २१ हजार ९६७ र संघीय समाजवादी फोरम नेपालले १८ हजार ६६६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Logo