प्रतिनिधिसभामा ८० र प्रदेश सभामा १६८ सिटसहित एमाले पहिलो पार्टी (नामावली सहित)

प्रतिनिधिसभामा ८० र प्रदेश सभामा १६८ सिटसहित एमाले पहिलो पार्टी (नामावली सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ मंसिर ।

प्रतिनिधिसभा र प्रदेश सभाको गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । २१ गते साँझबाट सुरु भएको मतगणना सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचनमा कुल सिटमध्ये एमालेले १६८ सिटमा जित हासिल गरेको छ । दोस्रो स्थानमा माओवादीको ७३ र तेस्रो भएको कांग्रेसको ४१ सिट छ । संघीय समाजवादी फोरम २४ सिटसहित चौथो र राजपा १६ सिटसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रदेश २ बाहेक सबै प्रदेशमा प्रत्यक्षमा एमाले पहिलो दल बनेको छ । प्रदेश नं. २ मा भने एमालेले प्रतिनिधिसभामा २ र प्रदेशसभामा १४ सिट प्राप्त गरेको छ ।

प्रदेश नं. १
योगेशकुमार भट्टराई ताप्लेजुङ जिल्ला, क्षेत्र नं. १
वसन्तकुमार नेम्वाङ्ग पाँचथर जिल्ला, क्षेत्र नं. १
झलनाथ खनाल इलाम जिल्ला, क्षेत्र नं. १
सुवासचन्द्र नेम्वाङ्ग इलाम जिल्ला, क्षेत्र नं. २
पवित्रा निरौला (खरेल) झापा जिल्ला, क्षेत्र नं. २
लालप्रसाद साँवा लिम्बू झापा जिल्ला, क्षेत्र नं. ४
के.पी शर्मा ओली झापा जिल्ला, क्षेत्र नं. ५
भवानीप्रसाद खापुङ तेह्रथुम जिल्ला, क्षेत्र नं. १
राजेन्द्रकुमार राई धनकुटा जिल्ला, क्षेत्र नं. १
लालबाबु पंण्डित मोरङ जिल्ला, क्षेत्र नं. ६
घनश्याम खतीवडा मोरङ जिल्ला, क्षेत्र नं. १
भानुभक्त ढकाल मोरङ जिल्ला, क्षेत्र नं. ३
राजेन्द्रप्रसाद गौतम संखुवासभा जिल्ला, क्षेत्र नं. १
जय कुमार राई सुनसरी जिल्ला, क्षेत्र नं. १
यज्ञराज सुनुवार ओखलढुङ्गा जिल्ला, क्षेत्र नं. १
विशाल भट्टराई खोटाङ जिल्ला, क्षेत्र नं. १

प्रदेश नं. २
लिलानाथ श्रेष्ठ सिरहा जिल्ला, क्षेत्र नं. ३
रघुवीर महासेठ धनुषा जिल्ला, क्षेत्र नं. ४

प्रदेश नं. ३
माधवकुमार नेपाल काठमाण्डौ जिल्ला, क्षेत्र नं. २
कृष्णबहादुर राई काठमाण्डौ जिल्ला, क्षेत्र नं. ३
ईश्वर पोखरेल काठमाण्डौ जिल्ला, क्षेत्र नं. ५
रामबीर मानन्धर काठमाण्डौ जिल्ला, क्षेत्र नं. ७
जीवनराम श्रेष्ठ काठमाण्डौ जिल्ला, क्षेत्र नं. ८
कृष्णगोपाल श्रेष्ठ काठमाण्डौ जिल्ला, क्षेत्र नं. ९
महेश बस्नेत भक्तपुर जिल्ला, क्षेत्र नं. २
नवराज सिलवाल ललितपुर जिल्ला, क्षेत्र नं. १
कृष्णलाल महर्जन ललितपुर जिल्ला, क्षेत्र नं. २
पार्वत गुरुङ दोलखा जिल्ला, क्षेत्र नं. १
गोकुलप्रसाद वाँस्कोटा काभ्रे जिल्ला, क्षेत्र नं. २
गणेशकुमार पहाडी सिन्धुली जिल्ला, क्षेत्र नं. १
शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं. २
नारायणप्रसाद खतिवडा नुवाकोट जिल्ला, क्षेत्र नं. २
भुमिप्रसाद त्रिपाठी धादिङ जिल्ला, क्षेत्र नं. १
खेमप्रसाद लोहनी धादिङ जिल्ला, क्षेत्र नं. २
सुरेन्द्रप्रसाद पाण्डे चितवन जिल्ला, क्षेत्र नं. १
कृष्णभक्त पोख्रेल चितवन जिल्ला, क्षेत्र नं. २
कृष्णप्रसाद दहाल मकवानपुर जिल्ला, क्षेत्र नं. १
विरोध खतिवडा मकवानपुर जिल्ला, क्षेत्र नं. २

प्रदेश नं. ४
कृष्णकुमार श्रेष्ठ तनहुँ जिल्ला, क्षेत्र नं. १
केदार सिग्देल तनहुँ जिल्ला, क्षेत्र नं. २
जगतबहादुर सुनार (विश्वकर्मा) कास्की जिल्ला, क्षेत्र नं. ३
खगराज अधिकारी कास्की जिल्ला, क्षेत्र नं. १
रविन्द्रप्रसाद अधिकारी कास्की जिल्ला, क्षेत्र नं. २
पोल्देन छोपाङ गुरुङ्ग मनाङ जिल्ला, क्षेत्र नं. १
प्रेमप्रसाद तुलाचन मुस्ताङ जिल्ला, क्षेत्र नं. १
पदम गिरी पर्वत जिल्ला, क्षेत्र नं. १
नारायणप्रसाद मरासिनी स्याङजा जिल्ला, क्षेत्र नं. १
पद्माकुमारी अर्याल स्याङजा जिल्ला, क्षेत्र नं. २
भुपेन्द्रबहादुर थापा म्याग्दी जिल्ला, क्षेत्र नं. १
सुर्यप्रसाद पाठक वाग्लुङ जिल्ला, क्षेत्र नं. १
तिलबहादुर महत क्षेत्री नवलपरासी (पूर्व ) जिल्ला, क्षेत्र नं. २

प्रदेश नं. ५
बृजेशकुमार गुप्ता कपिलवस्तु जिल्ला, क्षेत्र नं. २
गोकर्णराज विष्ट गुल्मी जिल्ला, क्षेत्र नं. २
प्रदिपकुमार ज्ञवाली गुल्मी जिल्ला , क्षेत्र नं. १
मेटमणि चौधरी दाङ जिल्ला, क्षेत्र नं. १
हिराचन्द्र के.सी. दाङ जिल्ला, क्षेत्र नं. ३
दलबहादुर राना पाल्पा जिल्ला, क्षेत्र नं. १
सोमप्रसाद पाण्डेय पाल्पा जिल्ला, क्षेत्र नं. २
नन्दलाल रोका क्षेत्री बाँके जिल्ला, क्षेत्र नं. ३
छविलाल विश्वकर्मा रुपन्देही जिल्ला, क्षेत्र नं. १
विष्णुप्रसाद पौडेल रुपन्देही जिल्ला, क्षेत्र नं. २

घनश्याम भुसाल रुपन्देही जिल्ला, क्षेत्र नं. ३
हृदयेश त्रिपाठी नवलपरासी(पश्चिम) जिल्ला, क्षेत्र नं. १

प्रदेश नं. ६
धनबहादुर बुढा डोल्पा जिल्ला, क्षेत्र नं. १
गोपालबहादुर बम मुगु जिल्ला, क्षेत्र नं. १
राजबहादुर बुढाक्षेत्री दैलेख जिल्ला, क्षेत्र नं. २
रविन्द्र राज शर्मा दैलेख जिल्ला, क्षेत्र नं. १
नवराज रावत सुर्खेत जिल्ला, क्षेत्र नं. २
ध्रुवकुमार शाही सुर्खेत जिल्ला, क्षेत्र नं. १

प्रदेश नं. ७
भीमबहादुर रावल अछाम जिल्ला, क्षेत्र नं. १
यज्ञबहादुर बोगटी अछाम जिल्ला, क्षेत्र नं. २
नरबहादुर धामी कञ्चनपुर जिल्ला, क्षेत्र नं. २
दीपकप्रकाश भट्ट कञ्चनपुर जिल्ला, क्षेत्र नं. ३
झपटबहादुर रावल कैलाली जिल्ला, क्षेत्र नं. २
नारदमुनि राना कैलाली जिल्ला, क्षेत्र नं. ५
प्रेमबहादुर आले डोटी जिल्ला, क्षेत्र नं. १
गणेशसिंह ठगुन्ना दार्चुला जिल्ला, क्षेत्र नं. १
भैरवबहादुर सिंह बझाङ जिल्ला, क्षेत्र नं. १
लालबहादुर थापा बाजुरा जिल्ला, क्षेत्र नं. १
दामोदर भण्डारी बैतडी जिल्ला, क्षेत्र नं. १

 

Logo