सुनसरी-३ : एमालेकी भगवती चौधरीलाई ३२१ मतले हराउँदै कांग्रेसका गच्छदार विजयी

सुनसरी-३ : एमालेकी भगवती चौधरीलाई ३२१ मतले हराउँदै कांग्रेसका गच्छदार विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ मंसर ।

अत्यन्त चासो र रुचिका साथ हेरिएको निर्वाचन क्षेत्र सुनसरी–३ बाट उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत पाएका हुन् ।

यो परिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम सार्वजनिक भएको छ।

प्रतिनिधिसभाका कुल १६५ स्थानमध्ये नेकपा एमालेले सर्वाधिक ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० र १
स्वतन्त्रसहित अन्य चार दलले १–१ स्थान जितेका छन् ।

Logo