मतगणना बाँकी ५ क्षेत्रमा को अगाडि ? (मत सहित)

मतगणना बाँकी ५ क्षेत्रमा को अगाडि ? (मत सहित)

केन्द्रबिन्दु
0
Shares

मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष तर्फ १ सय ६५ सिट मध्ये हालसम्म १ सय ६० निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजानिक भईसकेको छ भने ५ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुन बाँकी रहेको आयोगले जनाएको छ । आयोगको वेवसाईटमा प्रकाशित परिणाम अनुसार एमाले र माओवादीको बाम गठबन्धनका नेताहरु दुई तिहाई निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । बाम गठबन्धनले हालसम्म १ सय १३ सिटमा आफ्नो जितको मोहर लगाएको छ । गठबन्धनको एमालेले ७७ र माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेका छन् । त्यसैगरि काँग्रेसले २१ स्थानमा र अन्य मधेशवादी दल तथा स्वतन्त्र उम्मेद्वारहरुले २६ स्थानमा आफ्नो जितको मोहर लगाएका छन् । स्याङ्जा १, स्याङ्जा २, सुनसरी ३, सर्लाही ४ र कैलाली २ गरी ५ निर्वाचन क्षेत्रको मत गणना जारी रहेको आयोगले जनाएको छ । यी ५ निर्वाचन क्षेत्र मध्ये एमाले ४ स्थानमा अगाडि रहेको छ ।

गणना जारी रहेका निर्वाचन क्षेत्र
स्याङ्जा १
एमालेका नारायाण मरासिनीे – १२४८६
कांग्रेसका राजु थापा – ९००२

स्याङ्जा २
एमालेका पद्मा अर्याल –१७२९४
कांग्रेसका गोपालमान श्रेष्ठ – १४५५७

सुनसरी ३
एमालेका भगवती चौधरी –२९३२६
कांग्रेसका विजयकुमार गच्छदार २९१७१

सर्लाही ४
राजपाका राकेश कुमार मिश्र –२२०३६
एमालेका अमरेश कुमार सिंह – २१४६५

कैलाली २
एमालेका झपट बहादुर रावल –१३२८६
कांग्रेसका मोहनसिंह राठौर– १११८८

 

Logo