काठमाडौं,२६,मंशिर
सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याएका एमाले माओवादी केन्द्रको वाम गठबन्धनले पार्टी एकताको कार्ययोजना निर्माण गरी नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् । "/>

अब कसरी अघि बढ्लान् दाहाल र ओली !?

अब कसरी अघि बढ्लान् दाहाल र ओली !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर
सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याएका एमाले माओवादी केन्द्रको वाम गठबन्धनले पार्टी एकताको कार्ययोजना निर्माण गरी नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् । औपचारिक रूपमा यो विषयमा दुवै पार्टीका शीर्ष नेतृत्व तहमा छलफल नभए पनि शीर्ष नेताले निर्वाचनका सबै परिणाम सार्वजनिक भएसँगै पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय लिइने बताएका छन् । संविधानले नै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र बहुमत प्राप्त दल वा दलका नेता प्रधानमन्त्री निर्वाचित भइ सक्नु पर्ने गरी कानुनी व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण गठबन्धनलाई उक्त अवधि भित्रै पार्टी एकता टुंग्याउन भने अप्ठ्यारो देखिन्छ । तैपनि पार्टी एकता कार्ययोजना तयार पारी नयाँ सरकार गठन प्रक्रियामा सक्रिय हुने नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसके पछि पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यस्तो कार्ययोजना बनाउने खुलासा गरे । ‘निर्वाचनको सबै परिणाम आइसके पछि हामी पार्टी एकता संयोजन समितिको बैठक तुरुन्तै बस्छौं । हाम्रो प्रयास सके सम्म पार्टी एउटै बनाएर सरकार बनाउन तिर हुन्छ । तर सरकार बनाउन ढिला गर्न नहुने प्राविधिक/कानुनी कारण रहँदा पार्टी एकताको सम्पूर्ण योजना/कार्यक्रम बनाएर सरकार बन्छ , दाहालले भने । दुई पार्टी बीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति मात्र भएको छ । तर दुवै पार्टीका कमिटी एकै बनाउने, राजनीतिक दस्ताबेज तयार पार्ने लगायत प्राविधिक विषयमा दुई पार्टी बीच छलफल भएको देखिँदैन । मोटामोटी रूपमा दुवै पार्टीका अध्यक्षहरू कार्यकारी भूमिकामा रहने भने पनि त्यसको औपचारिक निर्णय भएको देखिँदैन । यस्तो अवस्थामा सरकार गठन अगावै पार्टी एकता हुने कुरा कठिन नै छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ सरकार गठनपछि मात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । ‘सरकार गठन अगाडि नै पार्टी एकता गर्न समयले पनि भ्याइँदैन, खनालले भने, ‘एकीकरण आफैंमा एउटा बृहत् प्रक्रिया हो । यो एकैदिनमा ठ्याक्कै हुने कुरा होइन । हामी अब छिट्टै शीर्ष तहमा बसेर पहिले कार्ययोजना बनाउँछौं । यसअघि गठबन्धन दलले पहिले चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । त्यही सहमति अनुसार १७ असोजमा एमाले माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभामा ६०-४० प्रतिशतको भागबन्डा गर्ने देखि दुई पार्टीको संयुक्त चुनावी घोषणापत्र मात्रै तयार पारेनन्, पार्टी एकता संयोजन समिति नै गठन गरेका थिए ।
अन्नपूर्णबाट

Logo