आरजु राणा झन्डै ५००० मत अन्तरले पराजित

आरजु राणा झन्डै ५००० मत अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उल्लेखनीय ढंगले निर्वाचन जिते पनि प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेसकी एकजना हेभिवेट प्रत्याशी डा.आरजू राणाले चुनाव हारेकी छन् ।

कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमुनि राना कांग्रेस उम्मेदवार आरजु देउवा राणालाई हराउँदै विजयी भएका हुन् ।

निकै चासोका साथ हेरिएको यो क्षेत्रको अन्तिम नतिजामा भने नारदमुनिले २७२०२ मत ल्याएका छन् भने आरजुले २२३२२ मत ल्याइन् ।

 

 

Logo