कमल थापा झनै चुक्यो, दुवै क्षेत्रमा बामको कब्जा

कमल थापा झनै चुक्यो, दुवै क्षेत्रमा बामको कब्जा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, २३ मङ्सिर । मकवानपुरको पछिल्लो अपडेट प्राप्त भएको छ ।

जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा एमालेका कृष्ण दाहालको अग्रता छ । दाहालले हाल सम्म २१ हजार ८३३ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी कमल थापाले १८ हजार ४१० मत ल्याएका छन् । प्रदेश क मा माओबादीका प्रेम पुलामीले १५००२ भोट ल्याउदा काँग्रेसका धर्म लामिछानेले १४९३८ मत ल्याएका छन् । त्यस्तै प्रदेश ख मा एमालेका डोरमणि पौडेलले १६३६४ र काँग्रेसका अशोक शाक्यले १४५४३ मत ल्याएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नंबर २ मा बिरोध खतिवडाले अग्रता लिइरहेका छन् । खतिवडाले २४ हजार ९३१ मत ल्याउदा उनका प्रतिद्वन्दी लोकतान्त्रिक उम्मेद्वार डिना उपाध्ययले १९ हजार ३११ मत ल्याएका छन् । प्रदेश क मा माओबादीका कुमारी मोक्तानले २१६९० मत ल्याएका छन् भने काँग्रेसका यतिराज सापकोटाले ११६५४ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश ख मा काँग्रेसका इन्द्र बानियाको १५३७५ र एमालेका राजाराम स्यांगतानको १४७४५ मत ल्याएको निर्बाचन कार्यालयले जनाएको छ ।

Logo