यस्तो छ झापाको पछिल्लो मत परिणाम

यस्तो छ झापाको पछिल्लो मत परिणाम

केन्द्रबिन्दु
0
Shares

भद्रपुर, २३ मंसिर ।  झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ । 

पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गरेका छन् । 

निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला (खरेल) ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार हजार ६९० तथा नेकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाएका छन् । 

यसैगरी, क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र नेकाका डा खगेन्द्र अधिकारीले सात हजार हजार ७६३ मत प्राप्त गरेका छन् । रासस

Logo