प्रतिनिधि सभाको ४२ क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (हेर्नुहोस् सूचि)

प्रतिनिधि सभाको ४२ क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ मङ्सिर । गत २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म वाम गठबन्धन अन्तर्गत नेकपा एमालेले २३ स्थानमा जित हात पारेको छ भने माओबादीले १२ स्थानमा जित हात पारेका छन् । त्यस्तै नेपाली काँग्रेसले ६ स्थानमा जित हात पारेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा प्रतिनिधि सभामा विजयी भएका छन्।

हेर्नुहोस् कसले कहाँ जिते ?

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (२३३०८)
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ 
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन 
  4. मुगु- गोपालबहादुर बम (१३0३४)
  5. बझाङ -भैरवबहादुर सिंह
  6. डोल्पा- धनबहादुर बुढा (११७६१)
  7. बाजुरा -लालबहादुर थापा (२८०५८)
  8. दार्चुला- गणशसिंह ठकुन्ना (२८९९८)
  9. बाग्लुङ -सूर्यराज पाठक (३३६५७)
  10. ताप्लेजुङ- योगेश भट्टराई (२९४७९)
  11.  ललितपुर- कृष्णलाल महर्जन (२७७१३)
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई (१९१६९)
  14. मोरङ ३: भानुभक्त ढकाल (४२४१३)
  15. मोरङ ६: लालबाबु पण्डित (३३९४१)
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ (१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  (३८६४२)
  23. बैतडी १, दामोदर भण्डारी (३९५२४)

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र) (१०४३४)
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी) (३४४०२)
  3. बागलुङ २: देवेन्द्र पौडेल  (२८८२७)
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल (२४०३७)
  6. मोरङ ४, अमनलाल मोदी (३३,५२९)
  7. मोरङको ५, शिवकुमार मण्डल  (२२ ९४५)
  8. जाजरकोट १, शक्ति बहादुर बस्नेत (१८२१९)
  9. सोलुखुम्बु- १, हेमकुमार राई (१४५५८)
  10. जुम्ला- १, गजेन्द्रबहादुर महत (२२१७३)
  11. लम्जुंग, देव गुरुङ (३१८८७) 
  12. कालीकोट, दुर्गबहादुर रावत (२११११)

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य (१४४५३)
  3. काठमाडौं ४,-गगनकुमार थापा (२१५५१)
  4. काठमाडाैं १०, राजनकुमार केसी  (२४१९०)
  5. मोरङ २, डा. मिनेन्द्र रिजाल (२४५७५)
  6. काठमाडौँ ६, भीमसेनदास प्रधान 

संघीय समाजवादी फोरम

सप्तरी–२, उपेन्द्र यादव (२१६२०)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

Logo