बाबुराम भट्टराई जित नजिक

बाबुराम भट्टराई जित नजिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २३ मङ्सिर । गोरखा-२ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई जिततर्फ अग्रसर हुदै गएका छन् ।  उनले आफ्ना निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई झन्डै ५ हजार मतले पछाडी पारेका छन् ।

 शनिवार दिउँसो ३ बजेको अपडेट अनुसार ५२ हजार ५ सय ६५ मत गन्दा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई २७ हजार २ सय २३ मत पाएका छन् भने श्रेष्ठले २२ हजार ३ सय २३ मत पाएका छन।  हाल यी दूई बीच ४९०० मतको फरक छ  ।   

 गोरखा क्षेत्र नम्बर २ मा ६० हजार १ सय ९ मत खसेकोले अब गन्न बाँकि मत ७५४४ रहेको छ । अब यहि अनुपातमा मत आउने हो भने गोरखा २ मा बाबुराम भट्टराई बिजयी हुने निश्चित छ ।

Logo