कमल थापाको मतान्तर ह्वात्तै बढ्यो

कमल थापाको मतान्तर ह्वात्तै बढ्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, २३ मङ्सिर । मकवानपुर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको ताजा मत परिणाम प्राप्त भएको छ । ताजा मतपरिणाम अनुसार राप्रपा अध्यक्ष कमल थापालाई पछि पार्दै एमाले उम्मेदवार कृष्ण दाहालले अग्रता लिएका छन् । 

ताजा मत परिणाम अनुसार कृष्ण दाहालले २० हजार ५ सय २०  मत पाएका छन् भने राप्रपाका कमल थापाले १७ हजार ५ सय १२ मत प्राप्त गरेका छन् । यो मतान्तर ३ हजार ८ रहेको छ  । थापालाई कांग्रेसको साथ छ भने दाहाललाई माओबादीको साथ छ । 

त्यस्तै प्रदेश क मा धर्म लामीछाने(रुख)१४३३२ मत रहेको छ भने प्रेम पुलामी (हसिया हथौडा) १३७७० मत रहेको छ  । प्रदेश ख मा अशोक शाक्य (रुख): १३६६५ मत छ भने डोरमणी पौडेल(सूर्य):१४८२५ मत छ  ।

यस क्षेत्रमा कुल १६ उम्मेदवार छन् ।

Logo