रामचन्द्र पौडेल २ हजार मतले पछाडि

रामचन्द्र पौडेल २ हजार मतले पछाडि

केन्द्रबिन्दु
0
Shares

दमौली, २३, मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १२ हजार २७३ मत प्राप्त गरेका छन् । त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरिबहादुर चुमानले ६ हजार २६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै तनहुँ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शंकर भण्डारीले ११ हजार एक सय ४, एमालेका केदार सिग्देलले १२ हजार १९१ मत पाएका छन् । प्रदेशसभा १ को सदस्यमा काँग्रेसका प्रदीप पौडेलले चार हजार ३५ र माओवादी केन्द्रकी आशा कोइरालाले चार हजार २९२ तथा प्रदेशसभा २ को सदस्यमा काँग्रेसका धुव्र वाग्लेले चार हजार १२ र एमालेका किरण गुरुङले तीन हजार ४५७ मत पाएको बताइएको छ । 

सिसी टिभीको निगरानीमा कडा सुरक्षा घेराभित्र दुईवटै क्षेत्रको मतगणना कार्य भइरहेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताए । रासस

Logo