प्रदेश २ का १ हजार २ सय ५२ मतदान स्थल अति सम्वेदनशील

प्रदेश २ का १ हजार २ सय ५२ मतदान स्थल अति सम्वेदनशील

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता । काठमाडौँ, २० मंसिर ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणमा विहीबार हुने निर्वाचनका लागि प्रदेश नं. २ का कुल मतदान स्थलमध्ये १२ सय ५२ मतदान स्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील सूचीमा राखिएको ती जिल्लाका सुरक्षा निकायले जनाएका छन् ।

सुरक्षाको दृष्टिले अति सम्वेदनशील मानिएको प्रदेश नं. २ को महोेत्तरी जिल्लाको सम्पुर्ण मतदान स्थललाई अति सम्वेदनशील सूचीमा राखिएको महोेत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । ती जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारी अनुसार प्रदेश नं. २ को निर्वाचन हुने ८ जिल्लाका कुल २ हजार १ सय ७६ मतदान स्थलहरु मध्ये अति सम्वेदनशील १२ सय ५२ , सम्वेदनशील ६ सय ८३ र साधारण २ सय ३१ गरी वर्गीकृत गरिएको छ ।

सप्तरीमा २ सय ७, सिरहामा १ सय ९, धनुषामा २ सय २२, महोत्तरीमा २५८ , सर्लाहीमा १ सय ४१ , बारामा १ सय २१ ,पर्सामा ७४ र रौतहटमा १ सय २० मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरि सम्वेदनशील मानिएका मतदान स्थलहरु सप्तरीमा ८८ , सिरहामा ८४, धनुषामा १ सय ५, सर्लाहीमा १ सय ५१ , बारामा ९७ ,पर्सामा ७८ र रौतहटमा ८० मतदान स्थल रहेका छन् ।

यस्तै सप्तरीमा २ सय ९५ मतदान स्थल तथा ४ सय ७८ मतदान केन्द्र, सिरहामा २ सय ३१ मतदान स्थल तथा ४ सय ३६ मतदान केन्द्र, धनुषामा ३ सय २७ मतदान स्थल तथा ५ सय ४८ मतदान केन्द्र, महोत्तरीमा २ सय ५८ मतदान स्थल तथा ४ सय २६ मतदान केन्द्र, सर्लाहीमा ३ सय १८ मतदान स्थल तथा ५ सय १८, बारामा ३ सय ३ मतदान स्थल तथा ४ सय ७५ मतदान केन्द्र, पर्सामा १ सय ६७ मतदान स्थल तथा ३ सय ५१ मतदान केन्द्र र रौतहटमा २ सय ७७ मतदान स्थल तथा ४ सय ४९ मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

धनुषामा सबैभन्दा बढी मतदान स्थल रहेका छन् भने सबैभन्दा कम पर्सामा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. २ का सबै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रदेश ६ का ८१ मतदान स्थल अति सम्वेदनशील
यसैगरी प्रदेश नं. ६ का कुल मतदान स्थलमध्ये ८१ मतदान स्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील सूचीमा राखिएको ती जिल्लाका सुरक्षा निकायले जनाएका छन् । ती जिल्लाका प्रशासन कार्यालयले दिएको जानकारी अनुसार प्रदेश नं. ६ को निर्वाचन हुने ३ जिल्लाका कुल ४ सय ७६ मतदान स्थलहरुमध्ये अति सम्वेदनशील ८१, सम्वेदनशील १ सय ९२ र साधारण १ सय ५४ गरी वर्गीकृत गरिएको छ ।

सल्यानमा ५४, सुर्खेतमा २० र दैलेखमा ७, मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरि सम्वेदनशील मानिएका मतदान स्थलहरु सल्यानमा ३७, सुर्खेतमा ८५ र दैलेखमा ७० मतदान स्थल रहेका छन् ।

यस्तै सल्यानमा १ सय ११ मतदान स्थल तथा १ सय ८० मतदान केन्द्र, सुर्खेतमा १ सय ८० मतदान स्थल तथा २ सय ३६ मतदान केन्द्र र दैलेखमा १ सय ३६ मतदान स्थल तथा १ सय ९३ मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।

सुर्र्खेतमा सबैभन्दा बढी मतदान स्थलहरु रहेका छन् भने सबैभन्दा कम सल्यानमा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. ६ का सबै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Logo