कम्युष्टिहरू जनताको अधिकार खोस्न खोज्दैछन्- प्रम देउवा

कम्युष्टिहरू जनताको अधिकार खोस्न खोज्दैछन्- प्रम देउवा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

साँफेबगर, १६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरूले नागरिकको अधिकार खोसेर एकदलीय अधिनायकवादी शासन लाद्न खोजेको बताएका छन ।

अछामको साँफेबगरमा नेपाली काँग्रेसद्धारा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले भने, काँग्रेसले सधैं नागरिक अधिकारको रक्षा गर्छ, जनतालाई मालिक बनाउँछ, तर कम्युनिष्टहरूले जहाँ पनि नागरिक अधिकार खोसेर दास बनाउन चाहन्छन् ।

देउवाले भने- ‘अब सधैं शासकको दास बन्ने कि मुलुकको मालिक बन्ने तपाईहरूको हातमा छ ।’ उनले सुदूरपश्चिममा जेजति पनि विकास भएको छ, सबै कांग्रेसका कारण मात्रै भएको दोहोर्याए । 

चुनावी सभामा अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वारले आफुले सांसदका हैसियतमा सरकारबाट पाउने कुनै सेवासुविधा नलिने घोषणा गरे ।

Logo