शतप्रतिशत मत सदर !

शतप्रतिशत मत सदर !

केन्द्रबिन्दु
0
Shares

इलाम, १६ मंसिर । जिल्लाका विभिन्न स्थानमा भएको नमूना मतदानमा शतप्रतिशत सदर मत खसेका छन् । 

जिल्ला निर्वाचन कार्यालयले जिल्लाका देउमाई, इलाम, सूर्याेदय नगरपालिका र चुलाचुली गाउँपालिकामा सञ्चालन गरेको नमूना मतदान कार्यक्रममा शतप्रतिशत सदर मत खसेका हुन् । 

बदर मतको संख्या घटाउने उद्देश्यले सञ्चालित नमूना मतदान कार्यक्रममा झण्डै एक हजारभन्दा बढीले मतदान गरेका थिए । “मंगलबारेमा पाँच/छ वटा मत बदर भए, नत्र कही पनि मत बदर भएनन्” जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले भने ”इलाममा विगतमा भन्दा मतदाता शिक्षा प्रभावकारी भएको पाइयो ।” 

मतदातामा उत्साह र उमंग पनि पाइयो, केही स्थानमा धेरै ठाउँमा मत खसाल्नु पर्ने भएकाले एकाध मतदाता अल्मलिए, काफ्लेले भन्नुभयो । मतदाता शिक्षाका लागि कार्यालयले यहाँका १४४ वटा मतदानस्थलका दुई सय ६६ मतदान केन्द्रमा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ । 

मताधिकार के हो ? भोट कसरी खसाल्ने ? कसो गर्दा मत बदर हुँदैन ? भन्नेलगायतका विषयमा मतदातालाई सिकाएपछि बदर हुनबाट जोगिएको हो, काफ्लेले भने । रासस

Logo