काठमाडौँ, १५ मङ्सिर । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर कार्तिक महिनाको चौथो सातादेखि हालसम्म करिब डेढ दर्जन भन्दा बढी स्थानमा बम विस्फोटनका घटनाहरू भैसकेका छन् । "/>

एम्बुस, बम र गोलीको निशानामा मन्त्रीदेखि म्यादीसम्म

एम्बुस, बम र गोलीको निशानामा मन्त्रीदेखि म्यादीसम्म

केन्द्रबिन्दु
0
Shares

सन्दिप कुमार वैश्य  

काठमाडौँ, १५ मङ्सिर । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर कार्तिक महिनाको चौथो सातादेखि हालसम्म करिब डेढ दर्जन भन्दा बढी स्थानमा बम विस्फोटनका घटनाहरू भैसकेका छन् । उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोटन गराउने कार्यमा ‘विप्लव’ समूहकै हात रहेको प्रहरीको दाबी छ । प्रहरीले बम विस्फोट गदैँ हिड्ने सबै जनालार्ई भने पक्राउ गर्न सकेको छैन् । तर उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । ‘विप्लव’ समूह बम विस्फोट जस्तो अपराध गर्ने कार्यमा सक्रिय भएर लागेको देखिएको छ । 

कहाँ कहिले ?

कात्तिक २४

विनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै रुकुमको चौरजहारीमा कात्तिक २४ गतेदेखि शुरू भएको बम विस्फोटको घटना क्रमशः हिंसात्मक बन्दै गएको छ ।

कात्तिक २५ र २६

माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गर्दै उनी चढेको गाडीमा कात्तिक २५ गते शनिबार माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो । एम्बुुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो । भोलिपल्ट कात्तिक २६ गते आइतवार पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार भएको थियो । दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रमम केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले बताएको छ ।

कात्तिक २८

एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई चढेको गाडीमा पनि कात्तिकमा २८ गते बम प्रहार भएको थियो । भोजपुरको पिखुवाखोलामा भएको आक्रमणमा राई सकुशल रहे पनि उनका अंगरक्षक असई डिल्ली देवकोटा घाइते भएका थिए ।

कात्तिक ३०

गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी कात्तिक ३० गतो बम विस्फोट भएको थियो । अपराह्न गोरखा नगरपालिका–१० स्थित सिर्दी खोलानजिक श्रेष्ठलाई तर्साउने गरी बम विस्फोट गराइएको थियो

कात्तिक ३०

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सिंचाइ राज्यमन्त्री अमरसिंह पुनलाई पनि लक्षित गरी कात्तिक ३० गते मध्याह्न रोल्पाको देउरीपोखरीमा बम प्रहार भएएको थियो । पुनसहितको टिम माथि जंगलबाट बम प्रहार गरिएको भएको थियो ।

मंसीर १

नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडीमाथि मंसीर गते एम्बुस प्रहार भएको थियो । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार महत चुनाव प्रचारका लागि ककनी गाउँपालिका जाने क्रममा बम आक्रमण भएको थियोे । एम्बुस आक्रमणमा परी महतको चुनावी प्रचारमा सक्रिय नेपाली कांग्रेसका ५ कार्यकर्ता घाइते भएका थिए । जमिनमुनि प्रेसरकुकर विच्छ्यार महतमाथि आक्रमण गरिएको थियो ।

मंसीर २

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै मंसीर २ गते बम बिस्फोट भएको थियो । नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको थियोे । त्यसै गरि सोही दिन रौतहटको चन्द्रपुरमा वाम गठबन्धनले गरेको चुनावीसभा नजिकै बम विष्फोट हुँदा ८ जना घाइते भएका थिए । वाम गठबन्धनको चन्द्रपुर ५ को वडास्तरीय भेला सकिएपछि खाजा खाने क्रममा कार्यक्रम स्थलकै आँगनमा विस्फोट भएको थियो ।

मंसीर ३

विनाविभागिय मन्त्री एवं प्रतिनिधि सभाका उम्मेदवार टेकबहादुर बस्नेत लाई लक्षित गर्दै मंसीर ३ गते बम प्रहार भएको थियो । चुनावको प्रचारका लागि दार्माको फारुलाचौरमा बस्नेत पुग्ने वित्तिक्कै उनी माथि बम भएको थियो ।

मंसीर ७

एमाले नेता एवम बाम गठबन्धनका साझा उमेदवार जय कुमार राईको घरमा मंसीर ७ गते बम बिस्फोट भएको थियो । धरान १५ स्थित पिण्डेस्वरि चोक भन्दा केहि अगाडी रहेको राईको निवासमा अज्ञात समुहद्वारा बम बिस्फोट गरिएको थियो । स्थानीयको अनुसार स्कुटीमा आएका अज्ञात व्यक्तिले पर्खाल छेउबाट बम फालेर भागे लगत्तै उक्त बम बिस्फोट भएको थियो ।

मंसीर ८

झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति उद्वव थापाको घरमा मंसिर ८ गते राती बम बिस्फोट भएको थियो । बिस्फोटबाट थापाको निर्वाचन प्रचार प्रसारको लागि प्रयोग गर्दै आएको बा ७ च ६८९५ नम्बरको बोलेरो जिपमा क्षति पुगेको थियो । त्यसै गरि सोही दिन चुनावको प्रचार प्रसारमा निस्केका डा. शशांका कोईराला र सिरहा मिर्चैयाका अजयशंकर नायक लाई पनि लक्षित गर्दै विप्लव समुहका कार्यकर्ताहरुले बम प्रहार गरेका थिए ।

मंसीर ९

नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति एबं क्षेत्र नम्बर २(१) का नवलपुरका प्रदेशसभा उमेदवार बिष्णु लामिछाने र नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेदवार बिष्णु कुमार कार्की चढेको गाडी लक्षित गरि मंसीर ९ गते बम प्रहार भएको थियो । चुनावी अभियानमा हुप्सेकोट गाउँपालिका अन्तर्गत धौवादी र बौदिकाली गाउँपालिकाको लागि जाँदै गरेको गाडीमा हुप्सेकोट ५ बाँझा पोखरीमा अज्ञात समूहले बम प्रहार गरेका थिए ।

मंसीर १२

नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति तथा उदयपुर क्षेत्र नं १ को (ख) का उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भण्टाबारीस्थित घरमा नै मंसीर १२ गते बम प्रहार भएको थियो । त्यसै गरि सोही दिन नै काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वशहरी विकासमन्त्री एवं क्षेत्र नं १ का उम्मेदवार डा नारायण खड्कालाई लक्षित गरेर त्रियुगा नगरपालिका– १० बाबरीमा बम प्रहार भएको थियो ।

मंसिर १२ गते भएको बम बिस्फोटबाट घाइते भएका म्यादी प्रहरी तुलसीपुर–१२ उरहरीका २३ वर्षीय विनोद चौधरीको सोही दिन राति उपचारको क्रममा मृत्यु भएको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम विष्फोट हुँदा चौधरी घाइते भएपछि उपचारको लागि नेपालगञ्ज लगिएको थियो ।

मंसीर १३

उदयपुरको गढी गाउँपालिका वडा नम्वरमा ६ मंसीर १२ गते बम विष्फोट हुदा नेपाली काँग्रेसका उम्मेदवार सहित चार जना घाइते भएका थिए । विष्फोटमा परि नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा उम्मेदवार नारायण बहादुर कार्की सहित ४ जना घाइते भएको प्रहरीले बताएको छ ।

मंसिर १४

त्यस्तै सिरहाका पूर्वमन्त्रीमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार पुर्वमन्त्री राजलाल यादवलाई लक्षित गरी गोली प्रहार भएको थियो । लहानबाट घरदैलोे कार्यक्रम सकी राती ७ बजे भगवतीपुर गाडीमा चढेर आफ्नो गाउँ नहरा जादै गरेको आवस्थामा अज्ञात समुहले २ राउन्ड गोली हानेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट मन्त्री यादव भने बच्न सफल भएका थिए ।

देशका विभिन्न स्थानमा गोली प्रहार, बम विस्फोट जस्तो गतिबिधीले अहिले मतदाताहरुमा त्रास फैलिएको छ । निर्वाचन आयोगबाट समेत भयरहित चुनावी महोल बनाउन सुरक्षा निकायलाई आग्रह गरे पनि त्यो निकायले कुनै कडा कदम उठाउन सकेको छैन् । हिंसात्मक घटनाले निरन्तरता पाउँदा निष्पक्ष चुनाव कुनैै हालतमा हुन नसक्ने विज्ञहरु बताउछन् ।

सुरक्षा निकायले आगामी मंसिर २१ गते हुन लागेको निवार्चनलाई मधय नजर गर्दै पूर्वको खोटाङ, सुनसरी जिल्लालाई संवेदनशील जिल्लाको सूचीमा राखेको छ । ती जिल्लामा सुरक्षा निकायले निर्वाचन बिथोल्न खोज्नेहरूलाई गोलीसमेत हान्न सक्ने अधिकार प्रत्यायोजन गरिसकेको छ । ४ मंसीरमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न हिंसा मच्चाउनेलाई पक्राउ गरेर कडा कारबाही गर्न निर्देशन दिए थिए ।

बम विस्फोट गर्दै हिड्नेमा विप्लव समूहका कार्यकर्ता

लगातार बम विस्फोट हुँदासमेत कसले विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म आधिकारिक धारणा सरकारले सार्वजनिक गर्न सकेको छैन । चुनावको मुखैमा उमेदवार लक्षित लगातार विस्फोट गराउने समूहको खोजीकार्य तिब्र बनाउदै पक्राउ समेत गर्दै आएको छ । पक्राउ गरेका मध्ये धेरैजसो विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् ।

लगातार उमेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ । प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ । त्यसैले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले जनाएको छ । 

आपराधिक घटनामा संलग्न ८ सय १३ पक्राउ

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ८ सय भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ । आगामी मंसिर २१ गते हुन लागेको निर्वाचन लाई लक्षित गरी ४५ जिल्लामा ती जिल्लामा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण मंसिर १४ गते सम्म गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ८ सय १३ जान लाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डिआईजी मनोज न्यौैपानेले बताए । अहिले ४५ जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको समेत डिआईजी न्यौैपानेले बताए ।

शुक्रबार मात्रै बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत असाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ ।

आज शुक्रबार मात्र बसमा बम बोकेर ल्याइरहेका दुई भारतीय नागरिकलाई प्रहरीले धादिङको नौबिसेमा पक्राउ गरेको छ । एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत असाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । काकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । केन्द्रीय सुरक्षा योजनाको आधारमा निर्बाचन हुने जिल्लामा ती जिल्लाका सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना बनाएको छन् ।

Logo