कृष्णप्रसाद सिटौला vs राजेन्द्र लिङ्देन: जित्ने सम्भावना कसको कति ?

कृष्णप्रसाद सिटौला vs राजेन्द्र लिङ्देन: जित्ने सम्भावना कसको कति ?

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी नेपाल 

झापा, १५ मङ्सिर । यसै पनि झापा राजनीतिमा चलाख छ । अझ अहिललेको निर्वाचनलाई नियाल्ने हो भने झापामा चुनाबी रन्को गजबकै देखिएको छ । झापा क्षेत्र नम्बर १, ३ र ५ मा देशकै नजर पुगिरहेको छ ।

५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रदेश सभाकोे उमेद्वार बनेका छन् भने उनीसंग कस्ले कसरी प्रतिस्सपर्र्धा गरिरहेको छ देशकै चासो छ । यस्तै ३ मा अझ बढी रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । जहाँ पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन लड्दैछन् । यहाँ यी दुवै नेता प्रभावशाली भएकाले निर्वाचन परिणाम कसको पक्षमा आउने हो भन्ने कौतुहलता मतदाताबीच बढेको छ ।

यो क्षेत्रमा केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिकासँगै भद्रपुरको वडानम्बर १ देखि ८ सम्म र विर्तामोड नगरपालिकाको वडानम्बर १० पर्छ । गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रबाट एमालेले १९ हजार ८ सय ८० मत पाएको थियो भने कांग्रेसले २० हजार ५४४ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले ९ हजार ५८८ मत पाएको थियो भने राप्रपाले १४ हजार १०८ मत पाएको थियो । त्यसैगरी संघीय समाजबादी फोरमले ७८६ मत पाएको थियो ।

यही आधारमा अहिले एमाले, माओवादी र राप्रपाको मत जोडदा ४३ हजार ५ सय ७६ हुन्छ । जवकी कांग्रेस र अरु तीन दलबीचको मतान्तर नै २३ हजार ३२ हुन आउछ । यो मतान्तर घटाउन कांग्रेसका लागि निकै ठुलो पापड बेल्नुपर्ने देखिन्छ । तर सिटौला कांग्रेसकै पुर्व महामन्त्री भइसकेकाले र राष्टिय राजनीतिमा उतिकै पहुँच राख्ने भएकाले परिणाम यसै होला भन्न सकिन्न ।

चुनावी खर्चलाई दुवै नेताले समान रुपमै खर्च गर्न सक्ने अवस्था देखिएकाले पनि परिणाम यसै होला भन्न सकिन्न । धेरैको विश्लेषण छ कि यो चुनाबबाट सिटौलाको हारले कांग्रेसमा नमिठो धक्का पुग्नेछ । तर चुनाब भनेकै व्यक्ति र शक्तिकाबीचमा हुने भएकाले परिणाम यसै होला भन्न सकिन्न । निर्वाचन क्षेत्र नं ३ मा महिला ५७ हजार ५ सय ७० सहित एक लाख १४ हजार ५ सय ८६ मतदाता छन् ।

बाम गठबन्धनले झापा ३ मा राप्रपालाई सघाउने निर्णय नै गरिसकेको छ । यस हिसावमा गत स्थानीय तहको निर्वाचनलार्ई नै हेर्ने हो भने लिंदेनले झण्डै दोब्बर मतान्तरले जित्न सक्छ । गठबन्धनले राप्रपालाई धोका नदिए सिटौलालाई चुनाव जित्न असंभव नै देखिन्छ । एकथरीले हल्ला गर्न थालेका छन् –‘लिंदेनले म्याच फिक्सिङ गरे ।’ यदी लिंदेनले दह्रो गरी खुटा टेके र बाम गठबन्धनले धोका दिएन भने सिटौलालाई झापा ३ को चुनाव फलामको चिउरा बराबर हुने देखिन्छ ।

Logo