गोरखा ,१२, मंशिर

गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जित्ने कि नारायणकाजी श्रेष्ठले भन्ने बारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्ने बारे लाख /लाख रुपियाँको बाजी थाप्न थालिएको छ । "/>

बाबुराम कि नारायणकाजी भन्दै गोरखामा लाख/ लाखको बाजी !?

बाबुराम कि नारायणकाजी भन्दै गोरखामा लाख/ लाखको बाजी !?

केन्द्रबिन्दु
0
Shares

गोरखा ,१२, मंशिर

गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जित्ने कि नारायणकाजी श्रेष्ठले भन्ने बारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्ने बारे लाख /लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी दुई नेता मध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचन सम्म कुर्नु पर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझ पछि मात्र सुरु गरिनेछ ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन् । उनीहरुले एक एक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइ सकेको जानकारी दिए । बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन् । उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन् । उनीहरुले पनि मध्यस्थलाई ५०/५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन् । त्यस्तै गोनपा ८ कै अर्का थापा थरका युवाले भट्टराईले जित्ने दाबी गर्दै हारेमा ५० हजार तिर्ने जनाएका छन् । श्रेष्ठले जित्ने अडानका साथ बस्नेत थरकै अर्का युवाले ५० हजार रुपियाँ तिर्न राजी भएका छन् । उनीहरुले पनि ५०/५० हजार रुपियाँ जम्मा गरिसकेका छन् ।
अन्नपूर्णबाट

Logo