सिन्धुपाल्चोकको देउराली प्रा वि र कालीदेवी माविमा केन्द्रमा झडप, प्रहरीबाट हवाई फायर

सिन्धुपाल्चोकको देउराली प्रा वि र कालीदेवी माविमा केन्द्रमा झडप, प्रहरीबाट हवाई फायर

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक, १० मंसिर ।

मतदान गर्ने विषयमा विवादपछि सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको समाचार छ ।

यसैवीच जिल्लाको बलेफीस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा त्यहाँ पनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको समाचार स्रोतले जनाएको छ ।

पछिल्लो जानकारीअनुसार उल्लिखित दुवै ठाउँमा स्थिति सामान्य भइसकेको छ । झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको पनि जनाइएको छ ।

Logo