भक्तपुर , ९ मंसिर

केन्द्रविन्दु समाचारदाता

हुन त अहिले सबैतिर चुनावको रौनक छाएको छ । "/>

भक्तपुरमा चुनावी प्रतिश्पर्धा रोचक हुने अनुमान

भक्तपुरमा चुनावी प्रतिश्पर्धा रोचक हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

भक्तपुर , ९ मंसिर

केन्द्रविन्दु समाचारदाता

हुन त अहिले सबैतिर चुनावको रौनक छाएको छ । के होला र कसले बाजी मार्ला भन्ने अनुमान सबैले काटिरहेकै बेला भक्तपुरमा यतिबेला निर्वाचनको चर्चा चुलिएको छ । क्षेत्र नम्बर १ मा लामो समय देखि एकछत्र जित हासिल गरेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको पुस्ता हस्तान्तरण र क्षेत्र नम्बर २ मा कांग्रेसका दमननाथ ढुंगानाको उमेद्वारीसँगै चुनावी ताप बढेको हो । भक्तपुर २ मा दमननाथ ढुंगानाको जीत होला वा बाम गठबन्धन (एमाले)/नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले लैजाला ? भक्तपुर १ नेपकिपाको किल्ला, नारायणमान बिजुक्छेको क्षेत्रमा प्रेम सुवालले पकड जमाइ राख्लान् वा किल्ला तोडिएला , यतिबेला भक्तपुर यिनै दुईवटा विषयको चर्चामा छ । झन्डै ९४ हजार मतदाता रहेको भक्तपुर क्षेत्र नम्बर १ मा यसपटक पार्टी पुरानै भए पनि प्रतिनिधि सभाका लागि नयाँ उमेद्वार अघि सरेका छन् । भक्तपुर १ बाट प्रतिनिधि सभाका लागि १२ जना उमेद्वार छन् । यसअघि जितेको नेमकिपाले बिजुक्छेको ठाउँमा सुवाललाई उठाएको हो ।

बामगठबन्धनबाट यसपटक मिलन सुवाललाई अघि सारिएको छ भने नेपाली कांग्रेसबाट बाबुराजा जोशीलाई उठाइएको छ । नयाँ शक्ति पार्टीबाट रामसुन्दर हयौमिखा, राष्ट्रिय जनमोर्चाबाट राजेश गोसाई, एकीकृत राप्रपा राष्ट्रवादीबाट मीना परियार, विवेकशील साझा पार्टीबाट दिपेश न्यौपाने, चुरेभावर लोकतान्त्रिक पार्टीबाट दिपा खत्री, देशभक्त जनगणतान्त्रिक नेपालबाट कृष्णप्रसाद घेमसु उमेद्वार छन् भने स्वतन्त्रबाट निलकण्ठ थापा, गोपालदास बनेपाली र जितेन्द्र खायमली उठेका छन् ।

Logo