काँग्रेस प्रचारप्रसार कार्यालयलाई लक्षित गरीे विस्फोटक पदार्थ

काँग्रेस प्रचारप्रसार कार्यालयलाई लक्षित गरीे विस्फोटक पदार्थ

केन्द्रबिन्दु
0
Shares

नवलपरासी, ८ मंसिर ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । महामन्त्री डा कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो । बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभर्इ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

सो विस्फोटक पदार्थ कस्ले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo