यसो भने प्रकाशको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले …

यसो भने प्रकाशको श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले …

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत आइतबार दिवंगत भएका आफ्ना एकमात्र छोरा प्रकाश दाहालको निधनमा प्राप्त समवेदना आफ्ना लागि महत्वपूर्ण रहेको बताएका छन् ।

आज बिहिबार लाजिम्पाटस्थित निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा कृतज्ञता मन्तव्य दिँदै प्रचण्डले ‘सबैको साथले आफू र परिवारलाई एकमात्र पुत्र बियोगको पीडा सहन र पीडासँग लड्न शक्ति मिलेको’ बताए ।

प्रचण्डले ‘कलिला दुई छोराहरुलाई टुहुरो बनाएर प्रकाश ३६ वर्षको उमेरमा बिदा भएको’ भन्दै ‘उनको ३६ वर्षको उमेर संसार बुझ्न र बाँच्न अत्यन्तै थोरै समय भएको’ बताए ।

‘आफ्नो सक्रिय राजनीतिका कारण लालनपालमा बाबुका रुपमा आफूले कहिल्यै प्रकाशमाथि न्याय गर्न नसकेको’ पनि प्रचण्डले जिकिर गरे ।

‘केहीले प्रकाशलाई केवल प्रचण्डको छोरोका रुपमा मात्रै सीमित गर्न खाजेको’ भन्दै प्रचण्डले ‘उनको योग्यता, भूमिका र क्षमताबारे कहिल्यै चर्चा नहुने गरेको’ गुनासो पनि गरे ।

प्रचण्डले ‘मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँढा र आर्यघाटसम्म स्वतःस्र्फूत रुपमा उर्लिएको जनसागरलाई प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको’ प्रचण्डले उल्लेख गरका छन् ।

प्रचण्डको कृतज्ञता मन्तब्य :

Logo