प्रम देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

प्रम देउवाद्वारा नेता निधिको स्वास्थ्य लाभको कामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६ मंसिर ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

आजै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वास फेर्न असहज महसुस गरेपछि गत सोमबारदेखि सो अस्पतालमा उपचाररत छन् ।

उहाँलाई पेटरोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुवोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहेका छन् । चिकित्सकले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

नेता निधि गत कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषामै थिए । रासस

Logo