पेरिसडाँडामा प्रचण्डले रुँदै प्रकाशलाई ओडाए झण्डा (भिडियोमा)

पेरिसडाँडामा प्रचण्डले रुँदै प्रकाशलाई ओडाए झण्डा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र साकार दाहाल (प्रकाश) को प्रकाशको आइतबार बिहान निधन भएको थियो । लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा रहेका उनलाई बिहान सबेरै नर्भिक अस्पताल लगिएको थियो। अस्पताल नपुर्‍याउँदै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका थिए ।

प्रकाशको पार्थिव शरीरलाई अपरान्ह पशुपति आर्यघाटमा दागबत्ती अन्तिम संस्कार गर्नुअघि अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।

उनलाई श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पनि ठूलो घुइँचो लागेको थियो। 

त्यहाँ पार्टी अध्यक्ष प्रचण्डले आफ्ना पुत्र तथा पार्टीका सहयोद्धा कमरेड छोरा प्रकाशको पार्थिव शरीरमा हँसिया हथौडा अंकित रातो पार्टी झण्डा ओढाएका थिए । त्यसपछि अबिर र फूल अर्पण गरेपछि उनले आफूलाई थाम्न नसकेर भक्कानिएका थिए ।

Logo