‘प्रकाशलाई आकस्मिक हृदयघात, अस्पताल ल्याउनअघि नै निधन’ : चिकित्सकहरु

‘प्रकाशलाई आकस्मिक हृदयघात, अस्पताल ल्याउनअघि नै निधन’ : चिकित्सकहरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नर्भिक अस्पतालका चिकित्सकहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको जानकारी दिएका छन् ।

अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले यो जानकारी दिएका हुन् ।

बिहान ५ बजेर ५० मिनेट जाँदा प्रकाश दाहाललाई अस्पताल पुर्याइएको थियो । डाक्टरहरुका अनुसार अस्पताल ल्याइपुर्याउँदा मुटुको धड्कन बन्द भइसकेको थियो, श्वासप्रश्वास केही पनि थिएन ।

आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो । शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो ।

चिकित्सकहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै प्रकाशको निधन भइसकेको बताए ।

‘इसिजी गर्दा पनि केही नभेटिएपछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेको जानकाररी गराएका हौँ,’ चिकित्सकहरुले जानकारी दिएका हुन् ।

Logo