‘प्रकाश दाहालको आकस्मिक निधनबाट एमाले स्तब्ध’

‘प्रकाश दाहालको आकस्मिक निधनबाट एमाले स्तब्ध’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ मंसिर ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवारजन र नेकपा माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा (एमाले)को तर्फबाट आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेकपा एमालेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल, प्रचण्डका सुपुत्र, नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य कमरेड प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट पार्टी स्तब्ध बनेको’ जनाएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कमरेड प्रकाश दाहाललाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन साथ हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले झापामै रहनुभएका नेकपा माओवादी–केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गर्नुभएको थियो ।’

यसैगरी विज्ञप्तिमा ‘घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता कमरेड झलनाथ खनाल, नेता कमरेड माधवकुमार नेपाल, महासचिव कमरेड ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गर्नुभएको छ ।’

Logo