नारायणकाजीलाई लक्षित गरेर गोरखामा बम विष्फोट

नारायणकाजीलाई लक्षित गरेर गोरखामा बम विष्फोट

केन्द्रबिन्दु
0
Shares

गोरखा, ३० कात्तिक ।

माओेवादी केन्द्रका नेता एवम् वाम गठबन्धनका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै गोरखामा माइन बम विष्फोट भएको छ । बम विष्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रहरीका अनुसार, गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा सर्भेखोला नजिकै उक्त विष्फोट भएको हो ।

प्रहरीको टोली घटनास्थलमा पुगिसकेको बताइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

Logo