योगेशको वारेमा यसो भन्छन् शीर्ष नेताहरु (भिडियोमा)

योगेशको वारेमा यसो भन्छन् शीर्ष नेताहरु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेभित्र अहिले तीव्र रुपमा युवा नेतृत्व विकास हुने क्रम जारी रहेको छ । पार्टीका विभिन्न जनवर्गीय संगठनदेखि सबैखालका संरचनाभित्र युवा नेताहरुले नेतृत्व विकास गरिरहेका छन् । पार्टी केन्द्रमा समेत निकै क्षमतावान नेताहरु जन्मिने क्रम जारी रहेको छ । तीनै नेतामध्ये एक हुन्, एमाले पार्टी सचिव योगेश भट्टराई ।

वास्तवमा नेता भट्टराईको नेतृत्व विकास र राजनीतिक जीवनयात्रा हेर्दा उनको बारेमा विरलै नेताहरुले आन्तरिक र वाह्य रुपमा आलोचना गरिरहेको पाइन्छ । उनै योगेश भट्टराई यसबेला प्रदेश नम्बर एक अन्तरगतको ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका छन् । यो पटक हामीले एमालेकै नेताहरुले भट्टराईबारे कस्तो धारणा राख्छन् । त्यो प्रसंगलाई समेट्ने जमर्को गरेका छौ ।

एमाले उपाध्यक्ष वामदेव गौतम भट्टराईलाई आफ्नै क्षमताले स्थापित नेताको रुपमा हेर्ने गर्छन् । गौतमको भनाईमा सचिव भट्टराई कसैको कृपाले नभई आफ्नो क्षमता र नेतृत्व कौशलताले स्थापित नेता हुन् ।

उपाध्याक्ष गौतम भन्छन्, ‘पार्टी्भित्र युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व गर्ने कमरेड योगेश भट्टराईको नेतृत्व कौशलता, बफदारिता र निरन्तरतासँग म धेरै पहिले देखिनै परिचित छु । उहाँ मेरा तमाम राजनीतिक सहयोद्धाहरुमध्ये युवापुस्ताका अत्यन्तै निकट नेता हुनुहुन्छ । उहाँ कसैको कृपाले होइन, क्षमताले स्थापित नेता हुनुहुन्छ ।’
गौतमले भने, ‘मैले उहाँजस्ता थुप्रै युवापुस्ताका साथीसँग काम गरिरहेको छु । विविधि कारणले उहाँजत्तिकै क्षमता र नेतृत्व कौशलता भएका कतिपय साथीहरु पार्टीको उच्च नेतृत्वमा पुग्नुभएको छैन । ती साथीहरु पार्टीका अन्य मोर्चामा उत्तिक्कै जिम्मेवार ढंगले लाग्नुभएको छ । योगेशजी पनि कसैको कृपाले नभई आफ्नै क्षमताले नेतृत्वमा स्थापित हुनुभएको हो । उहाँमा काम गर्ने रफ्तार गज्जबको रहेको छ ।’

त्यस्तै एमालेका बरिष्ठ नेता माधव नेपाल माधव नेपाल पनि नेता भट्टराईको क्रियाशीलताप्रति निकै नतमस्तक छन् । नेता नेपालले भट्टराईलाई हरेक जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने त्यतिकै लोकप्रिय र सम्भावना बोकेको उदीयमान नेताको रुपमा लिने गर्छन् ।

भट्टराईबारे नेपाल भन्छन्, ‘कमरेड योगेशमा फरक खालको खुवी भएकै कारण पार्टीले प्रचार विभाग प्रमुखको जिम्मेवारी सुम्पिएको छ । सबैसँग डिल गर्न सक्ने, चूनौतीहरुको सामना गर्न सक्ने भएकै कारण प्रत्येक जिम्मेवारी सम्हाल्ने कुरामा उहाँको नाम सबै नेतासामू सबैभन्दा पहिले आउँछ ।’

त्यस्तै पार्टीका अर्का नेता झलनाथ खनाल योगेश भट्टराई आशालाग्दा युवा नेता भएको बताउँछन् । उनी भन्छन्, ‘योगेश भट्टराई भनेको एउटा गतिशील, सक्रिय र क्षमताशील युवाको नाम हो । उहाँ एउटा राजनीतिक कार्यकर्ता मात्र होइन, एउटा कुशल संगठक, कुशल जनपरिचालक र एउटा कुशल सञ्चालक पनि हुनुहुन्छ । उहाँ एक अध्ययनशील युवा पनि हो ।’

खनालले भने, ‘योगेशले आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीम निर्वा्चित भएपछि कमटिीभि र आफ्नो कार्यक्षेत्रमा जुन भूमिका निर्वाह गर्नुभयो, त्यो उल्लेखनीय छ । त्यस भूमिकाले उहाँलाई राष्ट्रिय राजनीतिमा चर्चित युवा नेताका रुपमा स्थापित गरेको छ ।

Logo